गुल्मीमा अचानक आगो लाग्दा २ जना घाइते
अनिष पाठक
बाग्लुङ्ग, चैत ११ गते । गुल्मीको रुपाकोट गांउ विकास समितिको बडा नम्वर ३ बतासेमा बुधबार साँझा करिव ७ बजेको समयमा रिसि बहादुर थापाको घरमा अचानक आगलागी हुदाँ २ जना घाइते भएका छन । घाइते मध्ये १५ वर्षिय युवराज ढेगाको आगो निभाउन घर भित्र जादाँ आगोको लप्कोले पोल्दा हात खुटामा असर गरेको र उपचारको लागि बुधबार साझ नै पाल्ला लगिएको स्थानिय स्वास्थ्य क्रमिले बताउनुभयो ।
त्यस्तै अर्कौ घाइते छव वहादुर पल्लीे भने गत चैत ९ गते साझ छविलाला वि।कको घरमा आगोलागि हुदां सामान्य घाइते भएका हुन । स्थानियका अनुसार एकै ठाँउमा भएका घरहरुमा एकाएक आगलागी भएकोले आगो कसैले लगाएको हुनसक्ने अनुमान गरेका छन । उता मजुवा प्रहरी कार्यलय मजुवाका प्रमुख प्रहरी सहायक निरिक्षक नरेन्द्र वि.क.ले भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।। यसरि दिनानुदिन घरमा आगो लाग्दा स्थानियमा त्रास फैलिएको छ।।