गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यबागलुङ हटियाका महिलाहरु सामाजिक कार्य तर्फ अग्रसर

बागलुङ हटियाका महिलाहरु सामाजिक कार्य तर्फ अग्रसर

March 24, 2016१३६ पटक

गुमानसिह भण्डारी ११ चैत हटिया = हटियाका महिलाहरु सामाजिक कार्य तर्फ अग्रसर बन्न थालेका छन । गाउमा भएका युवाहरु केहि बैदेशिक रोजगारिका लागी बिदेश जाने र केहि सहर बजारमा बसाई सराई गरि जान थालेपछि महिलाहरु एकिकृत भई सामाजिक कार्यतर्फ लागेका छन । सियाला गाउका करिब २५ जनाको समुह download (2)बनाएर २०५५ सालमा धौलागीरी आमा समुह गठन गरि समाजका बिभिन्न क्षेत्रमा काम गर्ने गरेको समुहकि अध्यक्ष गिता खत्रीले बताउनुभयो ।
समुह स्थापना कालदेखि हालसम्म समुहले गाउमा शिवालय मन्दिर निर्माण, महिलाहरुकै जनश्रमदानमा प्रतिक्षालय निर्माण, गाउमा भएका गोरेटोबाटो मर्मत तथा निर्माण, खानेपानीका धाराहरु मर्मत, हटिया ३ मा रहेको गणेश मन्दिर, हरिचौरको कल्यार्णिमाताको मन्दिर, हटिया स्वास्थ चौकि निर्माण लगायतका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको समुहले जनाएको छ । हालै मात्र महिलाहरुकै सक्रियतामा हटिया वडा नम्बर ३ गोतामे खत्रीको कुल मन्दिर देखि वडा नम्बर ४ सियाला जोड्ने मोटरबाटो निर्माण कार्य सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण