गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचारपर्यटकीय गन्तव्य खोज्दै गुल्मी पुगे व्यवसायी

पर्यटकीय गन्तव्य खोज्दै गुल्मी पुगे व्यवसायी

March 24, 2016१४० पटक

अनिल खत्री ११ चैत, तम्घास = गुल्मीमा पर्यटकका लागि सुन्दर र प्रसिद्ध स्थल रहेपनि प्रचारप्रसार अभावले पछाडि परेको भन्दै व्यवसायीहरुले पर्यटकीय गन्तब्यको खोजी शुरु गरेका छन् । पर्यटन वर्ष २०१६ को अवसर पारेर पर्यटन व्यवसायीले लुम्बिनी र त्यस आसपासका जिल्ला तथा क्षेत्रहरुमा गन्तब्यको खोजी गरेका हुन् ।
नेपाल पर्यटन बोर्ड र सोसाईटी अफ ट्राGulmiभल एण्ड टुर अपरेटर्स सोट्टो नेपालले लुम्बिनीबाट शुरु गरेको गन्तब्यको खोजी र प्रवर्धन अभियान गुल्मी आएको छ । टोलीले लुम्बिनी क्षेत्र, पाल्पाका पर्यटकीय गन्तब्यको अध्ययन गर्दै गुल्मीको रुरु र रेसुंगा क्षेत्रको अध्ययन अवलोकन गरेको छ । साट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले लुम्बिनीमा आउने पर्यटकहरु त्यस आसपासका क्षेत्रमा पुग्ने चाहाना राख्ने गरेपनि गन्तब्यहरुको प्रवर्द्धन हुन नसक्दा आफूहरुले पर्यटक पुर्‍याउन नसक्ने अवस्था रहेकाले अध्ययन शुरु गरिएको बताए ।
‘लुम्बिनी आउने पर्यटक पनि धार्मिक नै हुन्’, उनले भने, ‘रुरु र रेसुंगा पनि धार्मिक तथा प्राकृतिक हिसाबले स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आकर्षक छ, तर पर्यटक ल्याउन सकिएको छैन ।’ लुम्बिनी आउने पर्यटकहरुलाई नजिकका जिल्लाका पर्यटकीय गन्तब्यमा पुर्‍याउन सकेमात्र आर्थिक विकास र पर्यटन प्रवर्द्धन हुने भएकाले त्यसका लागि पहल शुरु गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण