गृहपृष्ठ » मुख्य समाचार, राजनीतिटुक्र–याइएको बाग्लुङ्गलाई एउटै बनाउन दलहरु सकारात्मक

टुक्र–याइएको बाग्लुङ्गलाई एउटै बनाउन दलहरु सकारात्मक

August 10, 2015२८७ पटक

baglung-municipality-photo-nirjana-sharma
काठमाडौं – असार -२५ । संघीय राज्य बनाउँने भन्दै गएको शनिबार मध्यरातमा टुक्रिएको पश्चिम नेपालको बाग्लुङ्ग जिल्लालाई एक बनाउन चौतर्फी दबाब आएको छ । जिल्ला टुक्राउन नकिने भन्दै विभिन्न राजनीतिक पार्टीका नेता तथा स्थानीय जनताले बाग्लुङ्गदेखि काठमाडौंसम्मै फरक फरक आन्दोलन गर्न थालेपछि राजनीतिक दलका शिर्ष नेता बाग्लुङ्ग टुक्र्याउने निर्णयबाट पछिहट्ने संकेत देखिएको छ ।

त्यसका लागि शिर्ष तहमा नेताहरुबीच औपचारिक तथा अनौपचारिक छलफल शुरु भएको छ । बाग्लुङ्ग टुक्रिएको विषयलाई लिएर बाग्लुङ्ग बन्द तथा अन्य विरोधका कार्यक्रम भएपछि नेताहरु जिल्ला टुक्र्याउने निर्णय फिर्ता गर्ने मनस्थितिमा देखिएका हुन ।

दलहरुबीच बागलुङलाई पूर्व र पश्चिम दुई टुक्रा बनाएर दुईवटा प्रदेशमा राख्ने सहमति बनेको थियो । तर यो निर्णय आएलगत्तै यसको विरोध हुन थालेको हुन् । उनीहरुले अबको एकदिनभित्रै यो निर्णय फिर्ता गराई बाग्ुङ्गलाई पूर्ववत् रुपमा राख्ने निर्णयमा पुग्ने बताइएको छ । संघीय राज्यको ६ प्रदेश बनाउँदा बागलुङ, नवलपरासी र रुकुम जिल्ला मात्रै टुक्र्याउने निर्णयमा दलहरु पुगेका हुन् ।

दलहरुबीच विशेष गरी बाग्लुङ्गलाई पूर्ववत् रुपमै राख्ने विषयमा तत्काल ठोस छलफल गर्ने सहमति समेत बनेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण