क्षेत्रिय अन्तराष्ट्रिय बिमान स्थल निमाण हुने भएपछी पोखरेलीहरुमा छायो खुशीयाली
पोखरा, चैत ११ गते = पोखरा क्षेत्रिय अन्तराष्टिय विमान स्थल निर्माण हुने भएपछि यस क्षेत्रका स्थानिय बासिनदा हरु खुसी भएका छन् । यस अघिको सरकारले आर्थिक बर्ष २०७२÷०७३ को बजेट प्रस्तुतका बेला पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमान स्थल लाई प्राथमिक्तामा राखिएको र यसै आर्थिक.बर्ष.मा काम शुरु हुने बताएपनि बिभिन्न प्रकृया नपुग भएकाले निमार्ण कार्य अधि बढ्न नसकेको — बिमान स्थल निमार्णको क्रम लाई यस पटक प्रधान मन्त्री के.पी. ओलीको भ्रमणका बेला निमाण कार्य गर्ने कुरामा नेपाल र चिन बिच सम्झौता भएपछि रोकिएको निमार्ण कार्यको काम अघि बढ्ने भएको हो ।
क्षेत्रिय अन्तराष्ट्रिय बिमान स्थलका लागी पोखरामा हाल भैरहेको बिमानस्थलको क्षमता अपुग भएको र यात्रु बढि हुन थालेपछि पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय बिमानस्थलको आबश्यकता भएको हो । पोखराको वडा नं १४ ,१५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा बिमान स्थलका लागी यस अघि नै अधिग्रहण गरीएको र बिमान सञ्चालनका लागी थप ६ सय २९ रोपनी जग्गा अपुग भएको ले स्थानिय वासिन्दा हरु संग छलफल गरी आबश्यक्ता बमोजिमको जग्गा दिने र लिने कार्य पनि सकिएको नेपाल नागरीक उड्यान प्राधिकरण पोखराका सिनियर अफिसर राम चन्द्र सापकोटा ले बताउनुभएकोछ । यो बिमान स्थल निमाण सम्पन्न भएपछि जुनसुकै ठाउँ बाट हवाईमार्ग हुँदै पोखरा सम्म पुग्ने र पोखरा बाट पहाडी जिल्ला जोमसोम, मनाँङ्ग ,मुस्ताङ्ग र डोल्पा सम्म पुग्ने पर्यटक हरु लाई थप सुबिधा हुने छ ।
बिमान स्थल निमार्ण सम्पन्न गर्नका लागी करिव २१ अर्ब रुपैया लगानी हुने र त्यसका लागी नेपाल नगरीक उड्यान प्राधिकरण र चिनिया कम्पनी चाइना सिए .एम. सीइ इन्जीनिएरिङ्घ बिच यस अघि नै सम्झौता भएको छ , भने चाईनाको एक्जिम बैंकको ऋण सम्झौताको काम समेत पुरा भएकोले आँफुहरु उत्साहित भएको स्थानिय हरुले बताएका छन् । बिमानस्थलको प्रारम्भिक जमिन सम्याउने काम भैसकेको र अब क्षेत्र निर्धारण गरि थप काम अघि बढाउनका लागी सबै क्षेत्रबाट सहयोग हुन सके बिमान स्थल निमाण छिटो सम्पन्न हुने र यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने पक्का छ ।