गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यवामी तथा आसपासका क्षेत्रहरुमा सरसफाई

वामी तथा आसपासका क्षेत्रहरुमा सरसफाई

March 24, 2016१०३ पटक

अनिश शर्मा गैरे
गुल्मी, चैत्र ११ गते । जिल्ला बिकास समिति बाताबरण उर्जा तथा जलबायु परिबर्तन शाखा गुल्मीको आयोजनामा विहिबार वामी बजार तथा आसपासका क्षेत्रहरुमा सरसफाई गरिएको छ ।
वामी गाबिसलाई फोहोर मैला ब्यबस्थापन तथा सरसफाई अभियान भन्ने मुल नारा सहित शाखाले गाबिसमा यस्तो सरसफाई अभियान सञ्चालन गरेको हो । कार्यक्रममा जिल्ला बिकास समिति गुल्मीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत भक्तिराम मरासीनी, उर्जा तथा बातारबण अधिकृत चिरञ्जिवी भट्टराईले सरसफाईको बारेमा बिभिन्न श्रब्य, दृश्य सामाग्रीहरु प्रस्तुत गर्नुभएको थियो ।
अभियानमा ना सु भिमसेना थापा, तपन पाण्डे लगायत वामी तथा अर्लाङ्कोट गाबिसका गाबिस सचिब, सुरक्षाकर्मी, उद्योग बाणिज्य संघ वामी, नागरीक समाज, युबा समाजसेबी, पत्रकार, महिला, ब्यापारी, राजनितिक दलका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । सरसफाई अभियानमा वामी बजार वडा नम्बर १ पल्टार हुँदै, बजार पसिर वरीपरी, चोक गल्ली लगायतका स्थानहरुमा भएका फोहोर जन्य बस्तुहरुलाई ब्यबस्थापन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण