गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारस्थानीय निकाय कर्मचारी संघ चितवनको अध्यक्षमा कुँवर

स्थानीय निकाय कर्मचारी संघ चितवनको अध्यक्षमा कुँवर

March 24, 2016१२३ पटक

शिव शर्मा
चितवन, ११ चैत । स्थानीय निकाय कर्मचारी संघ चितवनको तेस्रो अधिवेशनले बिसुराम कुँवरको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

जिल्ला विकास समिति चितवनमा भएको अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि जिल्ला विकास समिति चितवनका वरिष्ठ आन्तरीक लेखा परीक्षक कुँवरको अध्यक्षतामा गठित कार्य समितिमा पछि तीन जना थप गरिने छ । नवगठित संघको उपाध्यक्षमा मेनका पण्डित, सचिवमा कर्ण बहादुर थापा, कोषाध्यक्षमा शारदा वाग्ले, सहसचिवमा धर्मराज सापकोटा चयन भएका छन् ।

अध्यक्षमा निर्वाचिन भएपछि नवगठित समितका अध्यक्ष बिसुराम कुँवरले चितवन जिल्लाका स्थानीय निकायहरुमा रहेका कर्मचारीहरुका नीतिगत, व्यवहारिक समस्याहरुको समाधान गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । आगामी अधिवेशनसम्म संगठनलाई अझै बढी मजबुद, संगठित र व्यवस्थित बनाएर हस्तान्तरण गर्ने कुँवरको उद्घोष रहेको थियो ।

यसअघि, निवर्तमान अध्यक्ष टिकाराम डेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पेशागत महासंघका अध्यक्ष विनोद पोखरेलले, पेशागत घटकका कर्मचारी संघसंगठनहरुले सामुहिक सौदाबाजीमा ध्यान दिनुपर्ने बताए । पोखरेलले आगामी चैत्र २८ गते हुने निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड यूनियनको निर्वाचनमा नेपाल निजामति कर्मचारी संगठनलाई जिताउन सम्बद्ध सबैले अभियान चलाउनुपर्ने बताए ।

कार्यक्रममा स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य माधव उप्रेती, नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष मंगलराम दराई, पेशागत संगठनका उपाध्यक्ष विष्णु प्रसाद धिताल, मेनका पण्डित, बुद्धिजीवि परिषदका सल्लाहकार एक नारायण शर्मा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण