गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, शिक्षा, समचार, स्वास्थ्यनयाँवर्ष २०७३ सालका लागि विभिन्न १३ पात्रोलाई सरकारी स्वीकृति

नयाँवर्ष २०७३ सालका लागि विभिन्न १३ पात्रोलाई सरकारी स्वीकृति

March 24, 2016१८६ पटक

काठमाडौं, चैत ११ । नेपाल पञ्चांग निर्णायक समितिले नववर्ष वि.सं २०७३ का लागि १३ ओटा पात्रो (पञ्चांग) लाई स्वीकृति दिएको छ ।
नयाँवर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत्को नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएका पञ्चांगमा तोयनाथको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ पात्रो (पञ्चांग) रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
‘समितिको निर्णयअघि नै केही व्यक्तिले व्यक्तिगत्रुपमा शास्त्रीय मान्यता विपरीत पात्रो (पञ्चांग) निकालेर भ्रम सिर्जना गरेका छन्, यसको जानकारी गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई गराइएको छ’–अध्यक्ष गौतमले भने ।
समितिको स्वीकृति नलिइ निस्किएका पात्रोमा सम्बत्सरको नाम, वृहस्पति एवं शुक्रको उदय र अस्त, व्रतबन्ध र विवाहको साइतलगायत तिथि, मिति तथा चाडबाडमा फरकपरेको समितिले जनाएको छ ।
समितिको स्वीकृतिअघि निकालिएका पात्रोले जनता भ्रममा पर्न थालेको गुनासो आउन थालेको सदस्य–सचिव सूर्यप्रसाद ढुंगलले बताए ।
‘समितिको स्वीकृतिबिना निस्किएका पात्रोका कारण चाडबाड एवं तिथिमितिमा फरकपरेमा हामी जिम्मेवार हुने छैनौं, यसैले सरकारको आधिकारिक निकायले शास्त्रीय आधारमा निर्णय गरेको पात्रो प्रयोग गरी भ्रमबाट मुक्त हुन अनुरोध गर्छौं–उनले भने ।
समितिको स्वीकृतिबिना निस्किएका पात्रोले सरकारले सार्वजनिक बिदाको घोषणा गर्नुअघि नै रातो लगाइ भित्तेपात्रो ९क्यालेन्डर० निकालेरसमेत भ्रममा राखेको व्यहोरासहितको पत्र गृह र संस्कृति मन्त्रालयमा कारबाहीका लागि पठाइएको छ ।
पात्रोलाई समितिले स्वीकृति दिएको मितिसम्म गृह मन्त्रालयले सार्वजनिक बिदाको निर्णय नगरेकाले बिदा जानकारी राख्न नसकिएको समितिको भनाइ छ ।
पात्रोअनुसार नै सांस्कृतिक एवं धार्मिक चाडपर्व मनाउने गरिन्छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण