गृहपृष्ठ » अार्थिक, मुख्य समाचारधनुष्टंकार रोगबाट पीडित बालकलाई उपचारको लागि सहयोग जुट्यो

धनुष्टंकार रोगबाट पीडित बालकलाई उपचारको लागि सहयोग जुट्यो

August 10, 2015३१४ पटक

हेटौंडा, साउन २५ – धनुष्टंकार रोगबाट पीडित हेटौंडाका एक बालकलाई उपचार गर्न सहयोग मिलेको छ । बसामाडी वस्तीपुरका दिनेश चेपाङका १५ दिनका छोराको उपचारका लागि रकम जुटेको हो ।
हेटौडा अस्पतालले उपचारका लागि काठमाण्डूको कान्तिबाल अस्पतालमा रिफर गरेपनि आर्थिक अभाबका कारण उपचार हुन सकेको थिएन । रकम अभावले चेपाङ बालकको उपचार हुन सकेन भनेर उज्यालो नेटर्वक र उज्यालो अनलाईनमा समाचार आएपछि ६३ हजार रुपैयाँ सहयोग जुटेको छ । हेटौडा ४ का हरि गिरी र उहाँकी श्रीमती देवकी गिरीले ५० हजार रुपैयाँ सहयोग रकम आज हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी लाईन्स क्लब अफ हेटौडा भुटनदेबीले दश हजार र सन्तोषी बतौलाले ३ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण