गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, मुख्य समाचार, शिक्षा, समचार, सूचना प्रविधी, स्वास्थ्यसगरमाथा चीनमा देखाएको भन्दै गुगल विरुद्ध र्याली

सगरमाथा चीनमा देखाएको भन्दै गुगल विरुद्ध र्याली

March 25, 2016३९२ पटक

चैत्र १२ गते । विश्व चर्चित सर्च इन्जिन गुगलले सगरमाथालाई चीनमा देखाउन थालेको भन्दै विरोध सुरु भएको छ।
गुगलले सबोच्च शिखर सगरमाथा नेपालमा भएको तथ्यलाई बङ्ग्याएर चीनको भुगोलमा देखाएको विरोधमा सुनसरीको इटहरीमा विरोध भएको छ । सँचारकर्मी, राजनीतिकदल र विभिन्न सँघ सँस्थाका प्रतिनिधिले त्यसलाई तत्काल सच्याउन माग गरेका छन् ।

against-google_337958006

शुक्रवार विहान गुगलको विरोध स्वरुप निकालिएको र्‌यालीले इटहरी उपमहानगरपालिका क्षेत्रको मुख्य मुख्य स्थानको परिक्रमा गरेको छ ।
गुगलका कार्यकारी निदेर्शक भारतीय नागरिक सुन्दर पिचाई रहेकै कारणले नेपालको बदनाम गराउन वा चीन र नेपालबीचको वर्षै देखिको असल छिमेकी बिचको सम्बन्धमा खलल पुर्याउन यस्ते गल्ती गेको भन्दै सञ्चारकर्मी एवम सचेत नागरिकहरुले इटहरीमा भेला भएर गुगवलको सो कदमका विरोध जनाएका हुन् ।
इटहरी उपमहानगरपालिकाबाट निस्किएको र्‌यालीले इटहरी चोकको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । काणसभामा नेपाल पत्रकार महासङ्घ सुनसरीका सभिव बाबुराम सुवेदीले गुगलले जानेर वा नियतबस गम्भीर भुल गरेकाले त्यसलाई सच्याउनु पर्ने र नेपाल सरकारले पनि त्यो विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै गुगलको सो कदमलाई सच्याउन सचेत हुनु पर्ने बताए । उनले यस विषयका बारे नेपाल सरकारले आफ्नो आधिकारीक धारणा ल्याउनु पर्ने बताए ।
रिपोटर्स क्ल्व सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा भएको कोणसभामा नेपाली काङ्ग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले पनि आफ्नो धारणा राख्दै विश्व चर्चित गुगलले त्यस्तो त्रुटी र लापर्वाही गर्नु भनेको केहि नसुहाउने विषय भएको टिप्पणी गरे । उनले नेपालको स्वाभिमानलाई गीराउने उदेश्यले गरिएको गुगलको यस्तो गल्ति तत्काल सच्याउनु पर्ने बताए ।
केहीदिन यता गुगलको सर्च म्यापले माउण्ट एभरेष्ट कहाँ छ भनेर खोज्दा चीनमा रहेको देखाउने गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण