गृहपृष्ठ » भिडियो, मुख्य समाचार, साहित्यढाडे विरालाको चौतर्फि विरोध (भिडियो सहित)

ढाडे विरालाको चौतर्फि विरोध (भिडियो सहित)

August 10, 2015६५७ पटक

कृष्ण आचार्य

ढाडे विरालाको चौतर्फि विरोध (भिडियो सहित)

नेपाली महिलाहरुको महान पर्व हरितालीका तीज आउन अब करिव एक महिना बाँकी रहेको अबस्थामा सो पर्वलाई मध्येनजर गर्दै तीज गीतहरु बजारमा आउने क्रम पनि तिब्र भइरहेको छ । सोहि सन्र्दभमा गत बर्ष तिजमा कनाइदेउन बाई गीति एल्वम बजारमा ल्याएर आलोचना र चर्चा दुर्व बटुलेका प्रकाश कटुवालले यस पटक पनि यस्तै एउटा गित निकालेर विरोधमा आएका छन । ज्योति मगरको र भद्रगोलका हास्य कलाकारहरुको अभिनयमा तयार पारीएको गित ढाडे विराले हेर्ने र सुन्ने सबै स्रोता दर्शकले खुलेर विरोध गरेका छन । लोकदाहोरी गित प्रतिष्ठान नेपाल उपत्यका सम्वन्वय समितिका अध्यक्ष तथा लोकदोहोरी सर्जक शिव हमालले यस्ता खालका गीतले लोक प्रेमी स्रोत तथा सम्बन्धीत सबैलाई लज्जीत बनाएको बताउनु भयो । उहाँले यस्तो गीत निकाल्नु यो क्षेत्रकै लागि नराम्रो भएको बताउँदै कुनै संस्थाले भन्दा पनि स्रोताहरु र दर्शकहरुलेनै यस्ता कलाकारहरुलाई कारवाही गर्ने धारण व्यक्त गर्नु भयो । उहाँले संस्थागत रुपमा कारवाही गर्ने अधिकार नभए पनि आफुले मानवियताको आधारमा यस्ता गित रोक्नको लागी आग्रह गर्ने जानकारी दिनु भयो । गित तिन दिनमै करिव दुई लाख भन्दा बढि दर्शकले हेरी सकेका छन भने गितमा सबैले विरोध रुपी प्रतिक्रिया दिएका छन । गीतका सम्वादले लोकदोहोरीको अस्तित्वनै खतरामा पारेको धेरैको प्रतिक्रिया छ । गितको भाव, भिडियो र सम्वाद अतिनै उत्तेजित रहेको छ । अमेरीकामा रहेको सर्जक नवराज पन्तले गीतको बारेमा यस्तो लेखेका छन “यदी नेपाल मा नेपाली लोक तथा दोहोरी गीत रिलेटेड ओर्गनैजेसन छ भने यो ढाडे बिरालो गीत को टोली लाई कार्बाइ गरेर देखाउ हैन भने हिजो सुबास रेग्मी लाई कार्बाइ गर्नी ले गयर माफी माग ।” त्यस्तै अर्का गायक तथा सर्जक हेमन्त खड्काको प्रतिक्रिया यस्तो रहेको छ, गित संगीतको माध्यम मार्फत आफ्नो कामुकता देखाउनु भन्दा सर्बाङ्ग निबस्त्र सडकमा हिने हुन्छ । चाहे त्यो शब्दमा होस चाहे अभिनयमा । त्यस्तै लोकदोहोरी गायक तथा सर्जक तेजश रेग्मीले लोकदोहोरीलाई लोक फोहोरी बनाउने काम कसैले नर्गन आग्रह गर्दै भाव अनुसार र मर्म अनुसारका गित आउनु पर्ने बताउनु भयो । उता संगित व्यवसायी तथा सर्जक सुवास रेग्मीले पहिला पनि यस्ता गित बजारमा आएको र जे गरे पनि हुने बातावरण भएको कारणले यस्ता गतिविधि मौलाईरहेको बताउनु भयो । अहिले धेरै स्रोत तथा दर्शक तथा कलाकारहरुको गित सिर्जना गर्ने गाउने तथा म्युजिक भिडियो निर्देशन र अभिनय गर्ने सबैलाई कारवाही गर्नु पर्ने धारणे रहेको छ । शंकर वि.सीको निर्देशन रहेको सो गितमा प्रकाश कटुवाल र श्री देवी देवकोटाको स्वर रहेको छ । चौतर्फि विरोध भए सो गितको म्युजिक भिडियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण