आइएसद्धारा फुटबल रंगशालामै विस्फोट, २९ जनाको ज्यान गयो
चैत १३ । इराकमा एक फुटबल रंगशालामा इस्लामिक अतिवादी समूह आईएसले गराएको आत्मघाती विष्फोटमा २९ जना मारिएका छन् । ६० जना घाइते भएका छन् ।
विष्फोट राजधानी बग्दाददेखि ४० किलोमिटर दक्षिणस्थित इसकन्दरियामा फुटबल खेल भइरहँदा भएको थियो ।
खेल सकिएर खेलाडीलाई ट्रफी वितरण गर्न लाग्दा विष्फोट गराइएको थियो । मारिनेमा उक्त नगरको मेयर पनि भएको खबर छ ।(एजेन्सी)