गृहपृष्ठ » खेलकुद, मुख्य समाचारमैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली मलेसिया प्रस्थान 

मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली मलेसिया प्रस्थान 

March 26, 2016१३१ पटक

काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण फुटबल खेल्न मलेसिया गएको छ ।
आइतबार मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टिमसँग मैत्रिपूर्ण खेल खेल्न नेपाली टिम मलेसिया गएको हो ।Nepali football team

नेपाली टोलीलाई शुक्रबार राजधानीमा एक कार्यक्रम गरी बिदाइ गरिएको थियो ।

नेपाली टिमले सन् २०१७ सम्म कुनै अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरेक महिना एउटा मैत्रीपूर्ण खेल खेल्ने योजना अगाडि सारेको हो ।
यसकै लागि एन्फाले जापानी प्रशिक्षक र जापानी प्राविधिक निर्देशक भित्र्याएको हो ।
विराज महर्जनको नेतृत्वमा नेपाली टिमले मलेसियाको टिमसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण