गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकर्णाली अञ्चललाई छुट्टै प्रदेश बनाउन माग गर्दै जुम्लामा प्रदर्शन, तीन राउण्ड हवाई फायर

कर्णाली अञ्चललाई छुट्टै प्रदेश बनाउन माग गर्दै जुम्लामा प्रदर्शन, तीन राउण्ड हवाई फायर

August 10, 2015२८४ पटक

जुम्ला, साउन २४ – कर्णाली अञ्चललाई छुट्टै प्रदेश बनाउनु पर्ने माग गर्दै जुम्लामा प्रदर्शन भएको छ । प्रदर्शनलाई नियन्त्रित गर्न प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । प्रदर्शनलाई नियन्त्रित गर्न प्रहरीले दिउँसो साढे १२ बजे तीन राउण्ड हवाइ फायर गरेको हो ।

जुम्लामा सक्रिय नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेपाल मजदुर किसान पार्टी सहितका ११ राजनीतिक दलका प्रतिनिधि र नागरिकले संघीय नेपालमा कर्णाली अञ्चललाई छुट्टै प्रदेश बनाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

जिल्ला सदरमुकाम खलंगा बजारमा प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ताला लगाएका छन् । कार्यालयमा रहेका चार वटा गाडी पनि तोडफोड गरेका छन् । प्रदर्शनकारीको अवरोधका कारण जुम्लामा हवाइ सेवा बन्द भएको छ । जुम्ला विमानस्थलमा ढुंगा प्रहार गरेपछि हवाइ सेवा बन्द भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण