गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारप्रधानमन्त्री चीनबाट आए लगत्तै मधेसको मागलाई उठाउने छु : दाहाल

प्रधानमन्त्री चीनबाट आए लगत्तै मधेसको मागलाई उठाउने छु : दाहाल

March 26, 2016१५६ पटक

चैत्र १३ । मुलुकको विद्यमान समस्या समाधानको लागि राष्ट्रिय एकता र सहमतिको सरकार आवश्यक रहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । राष्ट्रिय सहमति, विकास निर्माण, स्थिरता र शान्तिका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको उनले बताए ।
जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षणको लागि शनिबार दमौली आएका दाहालले क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटको क्रममा मुलुकमा देखिएको अस्थिरता समाधान गर्न राष्ट्रिय एकताको सरकार आवश्यक भएको बताएका हुन् ।download
‘भुकम्प गएदेखि नै मैले राष्ट्रिय एकताको सरकारको कुरा गर्दै आएको हुँ,’ उनले भने, ‘अब राष्ट्रिय सरकार बनाएर मुलुकको विकासका लागि जुट्नु आवश्यक छ । भूकम्प गए लगत्तै मैले कुकुर र बिरालो जस्तो हुनु हुँदैन पुननिर्माणमा जुट्नु पर्छ भनेर सुशीलजीलाई भनेको थिएँ ।’
आफू राष्ट्रपति वा प्रधानमन्त्री कुनै पनि पदको चाहनाबाट प्रेरित नभएको उनले बताए । भुकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको विकास र समृद्वि नै आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए ।
नेपाली जनताबाट आफूलाई २०र२५ बर्षसम्म पनि राजनितिको केन्द्रमा रही रहने गौरवप्राप्त भएकोले त्यो गरिमा बचाई राख्न सके आफूलाई पुग्ने समेत उनले बताए ।
‘मेरो अहिले व्यक्तिगत चाहना केही छैन । विगतमा केही तितामिठा अनुभव भए,’ उनले भने, ‘त्यसैबाट शिक्षा लिएर अघि बढेको छु । मेरो अभिव्यक्तिबाट मानिसले त्यो कल्पना गर्छन् । तर मेरो चाहना प्रधानमन्त्री वा राष्ट्रपति कुनै पनि छैन ।’
चीनबाट प्रधानमन्त्री फर्किए लगत्तै मधेस मागको समाधान गर्न छलफलमा जुट्ने उनले बताए । मधेसको मागलाई तीन महिनाभित्र सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
‘प्रधानमन्त्री चीनबाट आए लगत्तै मधेसको मागलाई उठाउने छु,’ उनले भने, ‘मधेसको मागलाई तीन महिनाभित्र सम्बोधन गर्नु पर्छ ।’
प्रधानमन्त्री ओलीले चीनसँग गरेको सम्झौताबाट आफू अत्यन्त खुशी भएको उनले बताए । रेल वे विस्तार र त्रिदेशीय विकास साझेदारीको विषयमा आफू प्रधानमन्त्री भई चीन भ्रमणमा जाँदा समेत कुरा उठाएको उनले बताए ।
मुलुकको विकास र समृद्विको लागि आफ्नो विचारका कारण तेस्रो पार्टी भएर पनि एमाओवादी पहिलो नम्बरको चर्चामा रहेको उनले बताए । एमाओवादीबाट अलग भएकाहरु छिट्टै संगठित हुने गरी गृहकार्य अघि बढी रहेका उनले बताए । उनी आउने खबरपछि प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुवँरले शनिबार समेत कार्यालय प्रमुखलाई अनिवार्य उपस्थित हुनु पर्ने भन्दै पत्राचार गरेका थिए ।

जिल्लाका कार्यालय प्रमुख तथा प्रतिनिधिलाई प्रचण्डले नागरिकको सेवा र विकासका लागि साझेदार भई अघि बढ्न आग्रह गरे । उनलाई सहायक प्रजिअ किशोरकुमार चौधरी, स्थानीय विकास अधिकारी उदय रानामगर लगायतका कर्मचारीले समेत स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण