गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, देवदह विशेष, मुख्य समाचार, समचारपुनर्निर्माणमा जर्मनी चासो

पुनर्निर्माणमा जर्मनी चासो

March 26, 2016५०४ पटक

चैत्र १३ । नेपाल भ्रमणमा रहेको जर्मनीका सांसदहरुको टोलीले नेपालको भूकम्पपछिको पुनर्निर्माणबारे चासो लिएका छन् ।
पाँच दिने भ्रमणको अन्तिम दिन शनिबार यूथ एक्सन नेपालसँगको अन्तर्क्रियामा पुनर्निर्माणमा युवा परिचालनबारे चासो लिएका हुन् । भ्रमण दलका एक सदस्य जर्मन संसदको आर्थिक सहयोग तथा विकास समितिका उपाध्यक्ष स्टेफन रेबम्यानले पुनर्निर्माण र आर्थिक विकासमा युवा सहभागिताबारे जिज्ञासा राखेका थिए ।
नुवाकोटलगायत भूकम्प प्रभावित क्षेत्रको भ्रमणपछि भएको अन्तर्क्रियामा नेपाली युवाको शिक्षा र रोजगारका समस्याबारे पनि छलफल भएको यूथ एक्सन नेपालका अध्यक्ष लेखनाथ निरौलाले जानकारी दिए ।
जर्मन संसदको आर्थिक सहयोग तथा विकास समितिका अध्यक्ष डेक्मर वर्ल नेतृत्वको पाँच सदस्यीय संसदीय टोली काठमाडौं आएको थियो ।
भेटमा यूथ एक्सन नेपालका अध्यक्ष निरौला, महासचिव भावना भट्टसहितको टोलीले राजनीतिक स्थायित्व नहुँदा नेपाली युवाहरु बढ्दो दरमा विदेशिएको उल्लेख गर्दै नयाँ संविधान जारी भएपछि केही आशा जागेको बताए ।
जर्मन सांसदहरुको टोलीले नयाँ संविधानमा युवा अधिकार, नवगठित युवा परिषद्लगायतका विषयमा पनि चासो राखेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण