गृहपृष्ठ » साहित्यब्रोकेन हर्ट

ब्रोकेन हर्ट

March 26, 2016२०६ पटक

ब्रोकेन हर्ट

अनयासै झस्कीदैछु आधी रातमा निद्राहरु टुटी गए !
सुन्दर थिय क्षणीक सपनाहरु सिसा सरी फुटी गए !!

जानी जानी हरायौ खै कहाँ खोजु अब मैले तिमीलाई !
छट्पटीदैछु एथार्थमा साथ दिने भबीश्याहरु छुटी गए !!

आउ अङ्गाल खुल्लाछ मेरो हृदय भन्थ्यौ हिज अस्ती !
बदलियछौ तिमी आज कसीयका बन्दन्हरु चुटी गए !!

तिमीनै भनीदेउ बिर्सु भन्छु किन सम्झना आउछ तिम्रो !
मलाई असफल बनाउने बिगतहरु दुखाउदै जुटी गए !!

तिमी भन मात्रै तिम्रो खुशीमा आँफैलाई रित्ताउन सक्छु !
छिया छिया भयको छु दुखाउने यादहरुले लुटी गए !!

12804865_1208437309206355_2812825456563013760_n

रचनाकार : दिपक सोमरे मगर 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण