प्रधानमन्त्री ओली चीनको ८ दिने भ्रमणपछि आज स्वदेश फर्कंदै
चैत्र १४ । प्रधानमन्त्री केपी ओली चीनको ८ दिने भ्रमण सकेर आइतबार फर्कंदै छन् । उनले चीनमा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । भ्रमणका क्रममा नेपाल–चीनबीच भएको १० बुँदे सम्झौता समझदारी महत्त्वपूर्ण उपलब्धि रहयो ।
प्रधानमन्त्री बेइजिङबाट बोआओ फोरममा सम्बोधन गर्न हैनान पुगेका थिए । बोआओ सम्बोधनपछि प्रधानमन्त्रीले चीनका भूकम्पको पुनर्निर्माण क्षेत्र र जिपिङपुस्थित ७७० मेगावाटको जलविद्युत् आयोजना अवलोकन गरे ।
दुर्लभ पान्डा संरक्षण केन्द्रसमेत पुगे । बेइजिङपछि हैनान हुँदै सान्या, सियान र छेन्दु पुगेका प्रधानमन्त्री छेन्दुबाट सीधै चार्टर विमानमा काठमाडौं आउनेछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।