गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्य१३ पटकसम्म फेल नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर प्रहरी फन्दामा

१३ पटकसम्म फेल नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर प्रहरी फन्दामा

March 27, 2016१८० पटक

१४ चैत, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको आरोपमा थप २ चिकित्सक पक्राउ परेका छन् ।

download (1)
दुवै जना अभियुक्त नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा १३ पटकसम्म अनुत्तीर्ण भएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले शनिबार रौतहट मतसरी ५ का ३१ वर्षीय राजीवकुमार झा र बारा बुहुअरी ४ का २९ वर्षीय पृथ्वीनारायण यादवलाई पक्राउ गरेको हो । दुबै जनालाई महाराजगञ्जस्थित व्युरोको हिरासतमा राखिएको छ ।
नक्कली प्रमाणपत्र पेस गरी एमबीबीएस अध्ययन गरेका झा र यादवलाई काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा दिन आएको बेला परीक्षा केन्द्रबाटै पक्राउ गरिएको हो ।
दुवै अभियुक्तले सन् २००६मा बिहार इन्टरमेडियट एजुकेसन काउन्सिलबाट दोस्रो श्रेणीमा उत्तीर्ण भएकोमा सम्पूर्ण विषयमा नम्बर थप गरी प्रथम श्रेणीमा उत्तीर्ण भएको विवरण पेस गरेका थिए ।
सोही प्रमाणपत्रका आधारमा उनीहरुले चीनबाट एमबीबीएस अध्ययन गरी नेपालमा इन्टरसिप गरेको र काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षणमा १३ पटक अनुत्तीर्ण भएको अनुसन्धानले देखाएको छ । आजको कारोबारमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण