गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यगुल्मी लगायत आसपासका क्षेत्रमा टेलिकमको सेवा अवरुद्ध

गुल्मी लगायत आसपासका क्षेत्रमा टेलिकमको सेवा अवरुद्ध

March 27, 2016११८ पटक

गुल्मी, चैत्र १४ । गुल्मी, रुपन्देही, पाल्पा, अर्घाखाँची आसपासका क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा आइतबार बिहानदेखी अवरुद्ध छ । बिहान ८ बजेदेखि नै टेलिकमका सम्पूर्ण मोवाइल सेवामा समस्या आएको हो ।
टेलीकमको एडिएसएल अन्र्तगतको इन्टरनेट सेवा पनि अवरुद्ध छ । यस्तै ल्याण्डलाइन फोनबाट पनि बाहिरी जिल्लामा सम्पर्क हुन सकेको छैन ।
नेपाल टेलिकम पाल्पा शाखाका अनुसार रुपन्देहीको जोगिकुटी नजिक फाइबरमा समस्या आएको छ । फल्ट भेटिएको र बेलुकीसम्म फाइबरको समस्या समाधान हुने शाखा प्रमुख भगवानराम शंकर कलवारले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण