गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारगुल्मीमा कार्यकर्ताबाट कांग्रेसले पहिलो पटक लेवी उठाउने

गुल्मीमा कार्यकर्ताबाट कांग्रेसले पहिलो पटक लेवी उठाउने

March 27, 2016११५ पटक

प्रेम सुनार
गुल्मी, चैत्र –१४ गते । नेपाली कांग्रेस गुल्मीको ईतिहाँसमा पहिलो पटक उसले कार्यकर्ताबाट नियमित मासिक लवी उठाउने भएको छ । १३ औं अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको आज बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको जिल्ला सचिव खिलध्वज पन्थीले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन ।
कार्यकर्ताहरुबाट नियमित लेवी सिस्टम अहिले सम्म कम्युनिष्ट पार्टीमा मात्रै भईरहेकोमा काग्रेसले पनि पार्टी कमिटीलाई चुस्त दुरुस्त राख्न यujस्तो पद्धती लागु गर्नु महत्वपुर्ण पक्ष भएको सहभागी पत्रकारहरुको प्रतिकृया थियो । जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले भने –‘गुल्मीको कांग्रेसले मात्र नभई सम्भतः देश भरकै काग्रेसमा लेवी उठाउने पद्धती यो पहिलो हुन सक्छ । ’
पार्टी कमिटीलाई चुस्त दुरुस्त राख्नका लागि हाम्रो जिल्ला कार्य समितीको पहिलो बैठकले यो महत्वपुर्ण निर्णय ग¥यो’– सभापति श्रेष्ठले भने –‘प्रत्येक क्रियाशिल कार्यकर्ताहरुबाट रु ५ का दरले अनिवार्य मासिक लेवी उठाईने र जिल्ला प्रतिनिधीहरुबाट २० का दरले लेवी उठाईने छ । ’
उनका अनुसार क्रियाशिल सदस्यबाट उठेको ५ रुपैयाँ मध्ये दुई रुपैयाँ गाउँ कार्य समितिमा राख्ने, २ रुपैयाँ क्षेत्रिय कार्य समिति र १ रुपैयाँ जिल्ला कार्य समितिमा पठाउनु पर्ने निर्णय गरिएको छ । त्यस्तै नेपाली कांग्रेस गुल्मीका कुल ८ सय ७४ जिल्ला प्रतिनिधीहरुबाट रु २० का दरले मसिक लवी उठाईने र १० गाउँलाई ५ क्षेत्र र ५ जिल्लालाई पठाउने निर्णय भएको सचिव पन्थीले बताए ।
कांग्रेसको पहिलो जिल्ला कार्य समितिको बैठकले अर्को महत्वपुर्ण निर्णय पनि गरेको छ । उसले अव देखि नियमित मासिक बैठक गर्ने र पहिलो पटक नेपाली कांग्रेसको विधानतः जेठ १९ गते र २० गते सदरमुकाम तम्घासमा जिल्ला सम्मेलन गर्ने भएको छ । जुन दिन शहिद सम्शेरबहादुरले शाहदत गरेको दिन हो । त्यो दिनमा शहिद शम्शेरबहादुको सम्झानामा विशेषखालको कार्यक्रम गरिने र अर्को दिन अन्तरकृया कार्यक्रम समेत गरिने सभापति श्रेष्ठले बताए ।
त्यस्तै अव देखि जिल्लापार्टीमा मर्यादाक्रम लागु गर्न समेत लागिएको उनले बताए । जिल्लामा कार्यक्रम सञ्चालन गर्न समेत गाह्रो भएको र कतिपय अवस्थमा वरिष्ठ कार्यकर्ताको अपमान समेत हुने भएकोले वरिष्ठताका आधारमा मर्यादा क्रम लागु गर्नका लागि जिल्ला सभापति , सचिव र तिन वटै क्षेत्रका क्षेत्रिय सभापतिको विशेष टोलीले यस निर्णयलाई मुर्तरुप दिने निर्णय भएको बताईएको छ ।
आजको पहिलो बैठकले गाउँ अधिवेशनm क्षेत्रिय अधिवेशनबाट निर्विाचित कार्य समितिले त्यसलाई पुर्णता दिन निर्देशत गरेको छ । तलका कार्य समितिालाई त यस्तो निर्देशन दिनु भयो जिल्ला कार्य समितिलाई कहिले पुर्णता दिनु हुन्छ त ? भन्ने प्रश्नमा सभापति श्रेष्ठले दुई महिना भित्रमा पुर्णता दिने बताए ।
त्यसै गुल्मी कांग्रेसले अव देखि आफ्नो पार्टीको मुखपत्र प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।बैठकले क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारी केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा उनलाई बधाई तथा शुभकामना दिएको र त्यसका लागि विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । जिल्ला सभापति श्रेष्ठले जिल्ला कार्य समितिलाई पुर्णता दिने क्रममा सवैलाई मिलाएर लैजाने बताए ।
निर्वाचित २३ सदस्यी जिल्ला कार्य समिति मध्ये कोषाध्यक्ष र एक जना सदस्य विशेष कामले अन्यत्रै गएकोले २१ सदस्यले आजको बैठकमा सहभागि भई यो निर्णय गरेको बताईएको छ । बैठक कांग्रेस जिल्ला पार्टी कार्यालय विपी स्मृति भवन तम्घासमा बसेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण