गृहपृष्ठ » अार्थिक, मुख्य समाचारमिलीजुली कृषि सहकारी संस्था तोरीखोलाको दोस्रो साधरण सभा सम्पन्न, नरेठाँटीका अगुवा कृषक सम्मानित

मिलीजुली कृषि सहकारी संस्था तोरीखोलाको दोस्रो साधरण सभा सम्पन्न, नरेठाँटीका अगुवा कृषक सम्मानित

March 27, 2016१२६ पटक

“हटाउन गरीवी र वेरोजगारी , सफल बनाउन मीलीजुली कृषि सहकारी ” भन्ने मुल नाराका साथ २०७१ सालमा स्थापना भएको मिलीजुली कृषि सहकारी संस्था नरेठाँटी ८ तोरीखोलाको दोस्रो साधरण सभा सम्पन्न भएको छ ।DSC02361

कार्यक्रममा वोल्दै जिल्ला पशु सेवा कार्यालय वाग्लुङका प्रतिनिधि केशव शर्मा पौडेलले पशुपालनलाई व्यावसायिक बनाउन पशुको विमा गर्न आवश्यक रहेको वताउनुभयो । पशु विमाका लागि सरकारले समेत सहयोग गरेको हुदा न्युनतम मुल्यमा पशु विमा गरि सम्भाबित हानी नोक्सानी बाट बच्च उहाँको आग्रह थियो ।

कार्यक्रममा नरेठाँटी गाउ विकास समिति भित्रका आगुवा कृषकहरुलाई प्रसंसा पत्र र कृर्षि ओजार सहित सम्मान गरिएको छ । यसरी सम्मानित हुने अगुवा कृषकहरुमा तरकारी खेती तर्फवाट नरेठाँटी ३ का
इन्द्रमणि गैरे , ५ का मन कुमारी नेपाली,नन्दकली पुन , मन बहादुर पुन र रत्न नेपाली , १ का तुल बहादुर वस्नेत , ८ का जीत
बहादुर पुन , ८ कै वीर बहादुर काला र शिव बहादुर रानालाई
सम्मान गरिएको थियो ।

पशुपालन तर्फवाट नरेठाँटी ७ का उमेश श्रीस र मीन प्रसाद भणडारी , ८ का चीत्र बहादुर घर्ती मगरलाई सम्मान गरिएको थियो ।

कुखुरा पालन तर्फ नरेठाँटी ४ का विष्णु भण्डारी र ८ का कमला पुनलाई सम्मान गरिएको थियो । कृषक हरुलाई प्रोत्साहन र कृर्षिलाई सम्मानित पेशा बनाउने उदेश्यले कृषकहरुलाई सम्मान गरिएको संस्थाक अध्यक्ष भक्त बहादुर घर्तीले वताउनुभयो ।

उक्त कार्यक्रममा सहकारीका सचीव हिरा बहादुर पुनले आर्थिक बर्ष ०७१/७२ को वार्षिक प्रगति प्रतीवेदन , कोषाध्यक्ष शिव बहादुर रानाले आर्थिक बर्ष ०७१/७२ को आर्थिक प्रस्तुत गर्नु भएको
थियो।
कार्यक्रममा  पशु सेवा केन्द्र हरिचौरका ईन्चार्ज चिन्तामणी शर्मा , नेकपा एमाले गल्कोट विशेष ईलाका कमिटी अध्यक्ष बुल बहादुर के सी ,नरेठाँटी कृषि समीती अध्यक्ष टेकनाथ गैरे , युवा व्यावसायि कृषक विष्णु भण्डारी ,भणडारी, फ्रेन्ड सीपवचत तथा ऋण सहकारी
संस्थाका अध्यक्ष घनश्याम कुवँर , शुभप्रभात वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मन बहादुर पुन मनोज , जीवन साहारा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा दमाई ,नरेठाँटी गा वी स का प्राविधिक सहायक यादव रेग्मी, नरेठाँटी वडा नम्बर ८ का वडा
नागरीक मंचका संयोजक टक बहादुर पुन , संस्थाका सल्लाहकार सदस्य कुमार घर्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कुल २९जना सेयर सदस्य रहेको उक्त सहकारीको सेयर पुजी २७ लाख ३० हजार रहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष भक्त
बहादुर घर्तीको अध्यक्षता , सदस्य चिन्तबहादुर नेपालीको स्वागत र प्रवन्धक धन बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

विकास सुबेदी  /गलकोट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण