जेट एयरको विमानमा बम रहेको हल्ला हल्ला मात्र, बम नभएको पुष्टि
दीपेन्द्र विष्ट
चैत्र १४, । भारतको नयाँ दिल्लीबाट आइतबार अपरान्ह ४ बजेर १५ मिनेट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको जेट एयरको विमानमा बम रहेको हल्ला चलेको भएपनि चेकजाँच पछि विमानमा बम नभएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधीकरणका प्रवक्ता देवेन्द्र केसीले जहाजमा बम नरहेको बताए ।
विमानस्थलको ुआइसोलेसन वेु ९विमानमा वमको हल्ला भएपछि छुट्टयाएर राखिने ठाउँ० मा राखेर विमानस्थल सुरक्षाकर्मीमले जहाजको जाँच गरेका थिए । विमानमा चालक दलसहित १ सय ६९ यात्रु सवार थिए ।
विमानको जाँच सकिए पनि विमानले ल्याएका समानको भने जाँच भइरहेको छ । यात्रुहरुको जाँच सकिइसकेको छ ।
भिजिविलिटी नपुगेपछि यो विमानले अवतरण गर्न सकेको थिएन । विमानले सिमरामाथि ६ पटक फन्को मारेको थियो । यसैबीच जेटको दिल्ली स्थित कार्यालले कुनै अपरिचितले विमानमा बम रहेको ुथ्रेट कलु गरेको खबर काठमाडौंस्थित जेट एयरवेजको कार्यालयलाई गरेको थियो । यो खबर त्रिभुवन विमानस्थलमा गराइएपछि जहाजलाई इमरजेन्सी ल्यान्डिङ गराइएको थियो ।
यो जहाजलाई यात्रुहरु चढाउने ओराल्ने बेमा नराखी एयर ट्राफिकले धावन मार्गको उत्तरमा रहेको आइसोलेसन बेमा पठाएका थिए ।
यो जहाज अवतरण हुनुभन्दा केही अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनबाट लिएर आएको विमान अवरतण गरेको थियो ।
जेट एयरवेजले भारतको दिल्लीबाट काठमाडौं दैनिक २ र मुम्बईबाट १ उडान गर्छ ।