गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारभट्टराईले मुख खोले भन्छन सात प्रदेश उपयुक्त

भट्टराईले मुख खोले भन्छन सात प्रदेश उपयुक्त

March 27, 2016११४ पटक

विनोद भण्डारी
चैत्र १४ । नयाँ शक्ति निर्माण अभियानका संयोजक बाबुराम भट्टराईले सीमांकनको विवाद सातै प्रदेशमा खोजीनु पर्ने बताएका छन् । उनले भौगोलिक सीमांकनको समाधान राजनीतिक सहमतिबाट गरिनु पर्ने बताए ।

download (1)
आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षीप्त कुरा गर्दै उनले मुलुकका लागि सात प्रदेश उपयुक्त भएको उल्लेख गर्दै सीमांकनलाई हेरफेर गर्न सकिने औल्याए ।
उनले नयाँ संविधानलाई टेकेर पहिचाहानका पाँच आधार र सामथ्र्यका चार आधारलाई मानेर भौगोलिक सीमा मिलाउनु आवश्यक भएको उल्लेख गरे ।
नयाँ संविधान जारी भइसकेकाले विकास र सम्वृद्धिको युगमा मुलुकलाई लैजान सबै अग्रसर हुनुपर्ने उल्लेख गर्दै भट्टराईले सरकार ढाल्ने र गिराउने खेलमा लाग्ने भन्दा पनि संविधान कार्यान्वय गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताए ।
विगत अढाई दशकसम्म सरकार गिराउने फोहरी खेलमा लागेकै कारण मुलुकले गति लिन नसकेको औल्याउँदै उनले अब विकास र सुशासनलाई मुख्य एजेण्डा मानेर राजनीतिक दलहरु अघि बढनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण