गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार, स्वास्थ्यनागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरी नै अपहरण र फिरौतीको धन्दामा

नागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरी नै अपहरण र फिरौतीको धन्दामा

March 28, 2016१३० पटक

१५ चैत, काठमाडौ । नागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरी आफैँले सर्वसाधरण नागरिलाई अपहरण गरी फिरौती असुल्ले धन्दा चलाइरहेका छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
तर, १० वर्षदेखि प्रहरी सेवामा रहँदै आएका एक प्रहरी जवानले प्रहरी आचरण र नियमविपरित यस्तो धन्दा सञ्चालन गर्द आएको पाइएको छ ।
प्रहरी जवान अरविन्द सिंहको यस्तो धन्दा उनी पक्राउ परेपछि मात्रै बाहिर आएको हो ।
अपराधिक मानसिकताका व्यक्तिहरुसँग मिलेर अपरहण तथा शरिर बन्धक बनाई फिरौती लिएको प्रमाणका आधारमा हाल उनी पर्सा प्रहरीको हिरासतमा छन ।
पर्सा प्रहरी प्रमुख एपी राजुबाबु श्रेष्ठले प्रहरी जवान सिंहलाई पर्साको झौवागुठी गानिस ६ घर भई हाल वीरगञ्ज उपनगरपालीका १९ बस्ने २७ वषिर्य राजुकुकार शाह कानुलाई अपरहणगरी फिरौती लिएको अभियोगमा पक्राउ गरिएको जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण