गृहपृष्ठ » खेलकुद, मुख्य समाचारनेपाल मलेसियासँग बराबरी

नेपाल मलेसियासँग बराबरी

March 28, 2016१२० पटक

चैत १५ – नेपाल र मलेसियाको २२ वर्षमुनिको टोलीबिचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट एक सय किलोमिटर टाढा रहेको सेरेमबनको टुअंकु अब्दुल रहमान रंगशालमा नेपाल र मलेसियाको २२ वर्षमुनिको टोलीले १–१ को बराबरी खेलेका हुन् ।
नेपालका लागि भरत खवासले ३७ औं मिनेटमा गोल गरेका भएपनि खेलको अन्तिममा नेपालले त्यसलाई जोगाउन सकेन । नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै मलेसियाले ८७ औं मिनेटमा बराबरी गोल फर्कायो ।
बंगबन्धु गोलडकपको उपाधि र दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको नेपाललाई दक्षिण पूर्वी एशियाली खेलको तयारीमा रहेको मलेसियाले २२ वर्षमुनिको टोलीसँग मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गरेको हो ।
नेपालका नव नियुक्त मुख्य प्रशिक्षक ग्योटुकी कोजीको प्रशिक्षणमा नेपालले पहिलो मैत्रीपूर्ण खेल खेलेको हो । मलेसियासँग बराबरी खेल्ने नेपाली टोलीमा अधिकांश युवा खेलाडी थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण