गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारबिरामीको मृत्युपछि डाक्टरको लापरवाही भन्दै नोबेल अस्पतालमा तनाव

बिरामीको मृत्युपछि डाक्टरको लापरवाही भन्दै नोबेल अस्पतालमा तनाव

March 28, 2016९३ पटक

चैत्र १५ । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले विराटनगरस्थित नाबेल अस्पतालमा प्रदर्शन गरेका छन् । हातको शल्यक्र्रिया गरिएकी बिरामी १३ वर्षीया समीक्षा पण्डितको आज विहान अस्पतालमा मृत्यु भएको थियो । शल्यक्र्रियापछि ज्वरो आएको भन्दै उनलाई आईसीयूमा राखिएको थियो ।
सप्तरी जन्डौल गाविस २ का उनका आफन्तले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भन्दै अस्पतालमा घेराउ गरी प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी शिवकुमार श्रेष्ठले अस्पताल व्यवस्थापन र पीडितको आफन्तबीच छलफल भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण