गृहपृष्ठ » मुख्य समाचार, शिक्षापव्लिक क्याम्पस संघ सदस्यमा रेसुङ्गा क्याम्पसका पन्थी

पव्लिक क्याम्पस संघ सदस्यमा रेसुङ्गा क्याम्पसका पन्थी

March 29, 2016८० पटक

प्रेम सुनार
गुल्मी, चैत्र–१५ । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शालिक पन्थी यस जिल्लाबाट पहिलो व्यक्तिका रुपमा नेपाल पव्लिक क्याम्स संघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । त्रिभुवन विश्व विद्यायल किर्तिपुरको स्मृती भवनमा सम्पन्न संघको दशौं महाधिवेशनले पन्थीलाई केद्रिय सदस्यमा निर्वाचित गरेको हो ।panthi
अध्यक्षमा जनमैत्री वहुमुखी क्याप्सका प्रमुख भोला ओझा निर्वाचित भएका छन् । उनको अध्यक्षतामा ४३ सदस्यीय केन्द्रिय सदस्य गठन भएको छ । ५ सय भन्दा बढि क्याम्पसहरुबाट सञ्चालक समिति अध्यक्ष केन्द्रिय सदस्य हुन पाउने कोटा जम्मा ४ जनाको हुन्छ । त्यस मध्ये पहिलो पटक यस रेसुङ्गा क्याम्पसबाट पन्थी केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा खुशी लागेको पुर्व क्याम्पस प्रमुख शशी पन्थीले बताए ।
उनले भने–‘ पव्लिक क्याम्पसहरु संगठित हुनु पर्छ भनेर स्थापना त हामीले नै गरेका हौं । स्थापनाकालमा ३५ ÷ ३६ वटा मात्रै क्याम्पस थिए । त्यस मध्ये रेसुङ्गा क्याम्पस पनि एक थियो । एक कार्यकाल म पनि केन्द्रमा रहे । एक कार्यकाल निर्वाचन समितिको आयुक्त पनि भएँ । म क्याम्पस प्रमुखको हैसियतले थिए तर शालिक जी सञ्चालक समितिको तर्फबाट निर्वाचित भएर केन्द्रिय सदस्य हुने गुल्मीको पहिलो व्यक्ति हो , निकै खुशी लागेको छ । ’
पन्थी कन्द्रिय सदस्यमा सञ्चालक समितिको तर्फबाट पहिलो पटक निर्वाचित भएकोमा रेसुङ्गा वहुमुखी क्याम्पस परिवारले गौरवका रुपमा लिएको क्याम्पस प्रमुख ढुण्डीराज पोखरेलले बताए । ‘पव्लिक क्याम्सहरु संगठित गर्नमा यस जिल्लाबाट शशीसरको बढि देन रहेको मैलै बुझेको छु तर सञ्चालक समितिको तर्फबाट पहिलो पटक संघको शालिकसर केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा क्याम्पस परिवार गर्वित छ ’– क्याम्पस प्रमुख पोखरेले भने । नव निर्वाचित केन्द्रिय सदस्य पन्थीले भने म आफु भन्दा पनि यस रेसुङ्गा वहुमुखी क्याम्पसले केन्द्रमा स्थान पाएकोमा खुशी लागेको बताए । उनका अनुसार महाधिवेशनको नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण