गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार, स्वास्थ्यराजधानीमा मापसेका कारण पछिल्लो ८ महिनमा १ सय २२ दुर्घटना

राजधानीमा मापसेका कारण पछिल्लो ८ महिनमा १ सय २२ दुर्घटना

March 29, 2016१६८ पटक

१६ चैत, काठमाडौं । आठ महिनाको अवधिमा राजधानीमा २० हजार भन्दा धेरै चालक मापसेगरी सवारी चलाएकोमा कारवाहीमा परेका छन् ।
साउन देखि २५ फागुन सम्म २० हजार ६ सय ७४ जना कारवाहिमा परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
मापसे कारवाहरी सुरु गरेपछि दुर्घटना धेरै घटेको महाशाखाले जनाएको छ । तर मापसेका कारण एक वर्षमा एक सय भन्दा बढि दुर्घटना भएकोलमा चार जनाको मृत्यु र एक सय सात जना घाइते भएका छन् ।
यो वर्ष पनि एक सय २२ वटा दुर्घटना मापसेका कारण भएकोमा चारजनाको मृत्यु र एक सय सात जना घाइते भएका छन् । गत वर्ष एक सय ५० वटा दुर्घटना भएकोमा तीनजनाको मृत्यु र एक सय ६२ जना घाइते भएका थिए । आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण