गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारइजिप्ट एयर विमान अपहरण गर्ने अपहरणकारीद्धारा आत्मसमर्पण

इजिप्ट एयर विमान अपहरण गर्ने अपहरणकारीद्धारा आत्मसमर्पण

March 29, 2016१५३ पटक

चैत १६ । इजिप्ट एयरको विमान अपहरण काण्ड समाधान भएको छ । अपहरणकारीले आत्मसमर्पण गरेपछि विमान चालक दलका सदस्यसहित सबै यात्रु रिहा भएका छन् ।
इजिप्ट एयरको आन्तरिक उडानमा रहेको फ्लाइट एमएस १८१ को एयरबस ए ३२० विमान अपरहणमा परेको थियो । अलेक्जेन्ड्रियाबाट राजधानी कायरोका लागि उडेको विमानमा रहेको एक जना आत्मघाती पेटी बाँधेका आक्रमणकारीले विमानलाई साइप्रस डाइभर्ट गर्न चेतावनी दिएका थिए । _88978688_88978687
विमान अपरहण गर्ने सेइफ मुलदिन इस्तफाले व्यक्तिगत कारणले विमान अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका थिए । मुस्तफाले साइप्रसमा रहेकी पूर्व श्रीमतीलाई चिठ्ठी पठाउन चाहेको र त्यसका लागि विमान अपरहण गरेको बताएका थिए । के कारण विमान अपहरण गरिएको थियो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।
उनले आत्मसमर्पण गरेसँगै सबै यात्रु रिहा भएका हुन् । पहिले विमानमा रहेका ८१ यात्रु मध्ये चालक दलका सदस्य र चार विदेशी यात्रु बाहेक अरु छुटेका थिए । उज्यालोबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण