गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारइतिहासमै सबैभन्दा बढी छात्राको सहभागिता अहिलेको एसएलसीमा

इतिहासमै सबैभन्दा बढी छात्राको सहभागिता अहिलेको एसएलसीमा

March 29, 2016१३७ पटक

प्रज्ञा तिमल्सिना
चैत १६ । यही चैत १८ गतेबाट सुरु हुने यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको सबै तयारी पूरा भएको छ ।download (1)
यसपटक एसएलसी परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ जनाले सहभागिता जनाउँदै छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसपटक एसएलसी परीक्षाको अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी छात्राले सहभागिता जनाउँदै छन् ।
अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष एसएलसी दिने छात्राहरुको संख्या बढेको कार्यालयले जनाएको छ ।

नियमिततर्फ २ लाख २७ हजार ५ सय ३५ छात्रा र २ लाख २५ हजार ३ सय ४६ छात्रले परिक्षा दिँदैछन् ।download
यस्तै, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ जना र प्राविधिकतर्फ ३ हजार २ सय ५५ विद्यार्थीले परीक्षा दिँदैछन् ।
यसै वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक हुनेछ । परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका अनुसार ‘ए प्लस’देखि ‘ई’सम्म ९ ओटा ग्रेडमा विद्यार्थीको मूल्यांकन गरिनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण