गृहपृष्ठ » मुख्य समाचार, शिक्षाबागलुङमा अत्याधुनिक आँखा अस्पताल सञ्चालन हुँदै

बागलुङमा अत्याधुनिक आँखा अस्पताल सञ्चालन हुँदै

August 10, 2015३०८ पटक

eyes-brown1
बागलुङ, २५ साउन-बागलुङमा चालु आर्थिक वर्षभित्रमै अत्याधुनिक सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालन हुने भएको छ । चालु आवको पुस मसान्तसम्ममा अञ्चलमै पहिलोपटक विशेषज्ञसहित अस्पताल खुल्न लागेको हो ।

 

जिल्लामा अहिले नेपाल नेत्र ज्योति सङ्घले आँखाका सामान्य समस्याको उपचार गर्ने गरेको छ । सङ्घले आँखा अस्पताल सञ्चालनका लागि आधारभूत प्राविधिक तयारी गरेको जनाएको छ । तयारीसँगै हरेक महिनाका लागि विशेषज्ञ डाक्टरसहितको एकहप्ते आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ ।

 

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङको आँखा उपचार केन्द्रमार्फत आँखा जाँच गर्नुका साथै शल्यक्रिया गरिने नेत्र ज्योति सङ्घ बागलुङका अध्यक्ष धु्रवबहादुर केसीले बताए । धौलागिरिका सबै जिल्लामा आँखा उपचार केन्द्रमार्फत सेवा सञ्चालन गर्नुपर्ने अवस्थालाई यस वर्षदेखि विशेषज्ञसहितको स्थायी सेवा दिने तयारी रहेको उनको भनाइ छ ।

 

आँखा अस्पताल सञ्चालनका लागि नेत्र ज्योति सङ्घ केन्द्रीय समिति, हिमालयन आँखा अस्पताल पोखरा, फाउन्डेसन आई कियर हिमालय र नेत्र ज्योतिबीच चौपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार अहिले नेत्र ज्योति सङ्घ रहेको भवनको स्तरोन्नतिका लागि पाँच करोड २९ लाखको लागत अनुमान गरिएको छ ।

 

यस्तै, पञ्चवर्षीय गुरुयोजनाअनुसार उपकरण खरिदका लागि फाउन्डेसन आई केयर हिमालयले २०१६ सालमा रु ३५ लाख अनुदान गर्ने सम्झौता भएको सङ्घले जनाएको छ । यस्तै भवन निर्माण र उपकरणका लागि स्थानीय स्रोतबाट पाँचदेखि १० प्रतिशत खर्च व्यहोर्नु पर्नेछ । सम्झौता र सङ्घको क्षमताअनुसार यी सबै संरचनालाई पूरा गर्दै जाने बताइएको छ ।

 

सङ्घले आँखा रोग विशेषज्ञ हरिविक्रम अधिकारीसहितको चिकित्सकबाट उपचार हुने जनाएको छ । धौलागिरि अञ्चलमै अहिलेसम्म आँखा अस्पताल नहुँदा आँखा रोगीले उपाचारका लागि पोखरा–काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । यसैबीच सङ्घले गएको वर्ष ११ हजारको आँखा जाँच गरेको छ भने रातमाता स्रोत केन्द्रमा रहेर ४१ विद्यालयका १३ हजार विद्यार्थीको आँखा जाँच गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण