गृहपृष्ठ » मुख्य समाचार, विशेषउज्यालो समाचार प्रभावः पिडित परिवारलाई दुईलाख सहयोग

उज्यालो समाचार प्रभावः पिडित परिवारलाई दुईलाख सहयोग

March 29, 2016१३९ पटक

प्रेम सुनार
गुल्मी, चैत्र–१६ । केहि दिन अघि गुल्मीको एक असाहय परिवारको विचल्लीको कथा उज्यालो लाल्टीनमा प्रकाशित भए पछि एउटै व्यक्तिले दुईलाख रुपैयाँ सहयोग गरेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका १४ उर्लेनी गाउँकी हिमा तङ्गनामी र उनका उनका परिवारको विचल्लीको कथा उज्यालो लाल्टीनमा प्रकाशित भएपछि काभ्रे घर भई अमेरिकामा कार्यरत अजुर्नप्रसाद मैनालली त्यो परिवारलाई दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।help
उक्त रकम आजै गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल , जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल र सशत्र प्रहरी प्रमुख डिएसपी बलबहादुर पाण्डेद्धारा पिडित परिवारकै घरमै पुगेर हस्तान्तर गरिएको छ । रुखबाट लगेर सात महिना देखि थला परेकी हिमाको उपचार गर्ने पैसा नभएको चोटमा उनका श्रीमान कृष्णले यस्तो श्रीमान भएर बाँच्नु भन्दा मर्न निको भएको भन्दै विष सेवन गरेर आत्माहत्याको प्रयास गरेका थिए ।
वावुले त्यस्तो गरेपछि उनका १३ वर्षिय छोरा विशाल स्कुलबाटै भागेर आमालाई बचाउने पैसा मैले कमाउछु भन्दै भारत तिर गएका थिए । तर दुर्भाग्य ४ महिनाको कोठीको जुठा भाँडा माझेर आमालाई बचाउन कमाएको सात हजार रुपैयाँ पठाउन लागेको वेलामा आमाको मृत्यु भएको खवर सुनेर अन्ततः त्यो रकम आमाको किरिया खर्चमा खर्चिन घर आएका थिए ।
अहिले वावु कृष्ण मानसिक सुन्तल गुमाएर बसेका छन् । १३ वर्षिय विशाल र दुई वहिनीहरुले घर धान्नु परेको छ । त्यो विचल्लीको पछिल्लो समाचार पढे पछि अमेरिकाबाट मैनालीले उनिहरुलाई जग्गा किन्न घोषणा गरेको उक्त रकम नगद दिएर बंैकमा राखी दिन आग्राह गरेका थिए । सोही अनुरुप मैनालीका परिचित पत्रकार घनाश्याम गौतमको खातामा आएको उक्त रकम झिकेर यस समाचारदाताले त्यो परिवारको घरमा लगेर हस्तान्तरण गराएका हुन् ।
मैनालीले सो रकमबाट ति वालवालिकाको पठन पाठन र दुख विमारीमा खर्च गरी दिन फोन गरेर आग्रह गरेका छन् । सहयोगदाता मैनालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले समेत आभर प्रकट गरेको छ । सहयोग हस्तान्तर गर्दै प्रजिअले उज्यालो लाल्टीनका समाचारदाता सुनार र व्यक्तिगत रुपमा पहल गरेका अर्का पत्रकार गौतम , सहगोगदाता मैनाली प्रति आभार प्रकट गर्दछ जिल्ला प्रशासन भनेर भनेर भनेका थिए ।u 2
उनले सहयोगदाता मैनाललाई आभार पत्र समेत हस्ताक्षर गरेर दिएका छन् । सहयोगदाता मैनाली अमेरिकामा रक्तदाताका रुपमा चिनिन्छन् उनले अरुलाई बचाउनका लागि ५ सय जना भन्दा बढिलाई रक्तदान गरेका छन् । अरुको जिवन वचाउनु , घरवास नभएकालाई घरवास बनाई दिनु उनको पहिलो धर्म हो । उनले अमेरिका वस्दाको कमाई अधिकांस दिन दुखीको सेवामा लगाएका छन् । उनले धार्मिक क्षेत्रमा होईन मानविय क्षेत्रमा गर्ने सहयोग नै सच्चा धर्म हो भन्ने कुरालाई आदर्श वाक्य भएको बताए । मैनालीले देशका विभिन्न जिल्लामा जस्तै गुल्मीका पनि थुप्रै घरवास विहिनलाई घरवास र आर्थिक अभावका कारण उपचार नपाएकाहरुलाई आर्थिक सहयोग गरेर नव जिवन दिएका छन् । प्रजिअ कँडेलले भने यस्ता व्यक्तिलाई सरकारी निकायबाट पनि उच्च सम्मान हुनु पर्दछ , हामी उहाँलाई सरकारी निकयको तर्फबाट सम्मान गर्ने छौं उहाँ नेपाल आउँदा खवर दिनु होला । ’
त्यस्तै यहाँ स्थित रेडियो कार्यक्रम ओझेल खवर मार्फत प्रशारण भएका थुप्रै पिडितहरुलाई मैनालीले उद्धार गरेकोमा ओझेलका खवरले पनि मैनाललाई सम्मान गर्ने भएको युनिटका प्रमुख सहयोगी गोकर्णराज ज्ञवालीले बताए । पिडित तङनामी परिवारलाई शंखुवासभा घर भई साउदी अरवमा कार्यरत रुद्र एमसाली मगरले पनि दश हजार सहयोग पठाएका छन् ।
उक्त रकम अर्घाखाँचीको खनदह घर भई काठमाण्डौ लाजिम्पाट स्थित ईओन मेडिकलमा कार्यरत स्वास्थ्यकर्मी रचना खनालको पहलमा सहयोग भएको हो । खनालले पिडितको नाममा सोमवार उक्त रकम पठाएकी छन् । यस अघि झण्डै दुई लाख रुपैयाँ त्यो परिवारलाई विभिन्न सहयोगदाताले सहयोग गरेका छन् । सहयोगदाता सवैप्रति पिडित परिवार र छिमेकीहरुले आभार प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण