गृहपृष्ठ » मुख्य समाचारभूकम्पले चर्किएको घर भत्किँदा एक जनाको मृत्यु, २ जना घाइते

भूकम्पले चर्किएको घर भत्किँदा एक जनाको मृत्यु, २ जना घाइते

August 10, 2015१०८ पटक

अर्घाखाँची, साउन २५– अर्घाखाँचीको सन्धिखर्कमा भूकम्पले चर्किएको घर गएराती भत्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका वडा न। ५ वांगला खरीपाटामा रहेको रामप्रसाद खत्रीको घर भत्किँदा त्यही घरमा बस्दै आएका प्युठान जिल्ला अर्खा गाविस २ का प्रशान्त थापाको छोरा ९ बर्षिय तिलक थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमिल्सिनाले बताउनु भयो ।
घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण