गृहपृष्ठ » मुख्य समाचार, समचार, साहित्य, स्वास्थ्यनेपाल फर्किए वरिष्ठ संगितकार गुरुङ

नेपाल फर्किए वरिष्ठ संगितकार गुरुङ

March 30, 2016३१२ पटक

चैत्र १७ । भारतमा उपचाररत वरिष्ठ संगितकार अम्बर गुरुङ स्वास्थ्यमा सुधार आएपछि बुधबार स्वदेश फर्किएका छन् ।
जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका संगितकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्किएका हुन् । उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पाचन प्रणाली र नसालगायतका रोगबाट पीडित थिए ।a

मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य सुधार आएको छ। उनले विमनस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुराकानी गर्दै भने, ुमलाई पूर्ण रुपमा सन्चो भएसकेको छैन । तर पहिलेको भन्दा धेरै नै सुधार आएको छ ।ु सरकारले उपचारमा सहयोग गरेकोमा धन्यवाद दिँदै उनले भने, ु थप उपचार सहयोगको लागि सरकारी तबरबाट घरमै नर्सको सुविधा मिलाइदिए हुने थियो ।
उनले फलोअप जाँचको लागि बेलाबेलामा मेदान्त गइराख्नुपर्ने बताए ।
स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै उनीद्वारा संगितबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ गाएका थिए । उनलाई पञ्चकन्याले माला र खादा लगाइदिएका थिए ।
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण