तर्सायो फेरी पराकम्पले सिन्धुपाल्चोकमा
चैत्र १७ गते । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । बुधबार बेलुकी ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गएको वैशाखमा गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि यो सहित गरेर ४ रेक्टर स्केलमाथका ४ सय ४३ वटा परकम्प गएका छन् । यो भन्दा पहिला चैत ४ गते ओखलढुंगा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको थियो ।