गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, स्वास्थ्यक्यानडामा निजी विमान दुर्घटनामा पूर्वमन्त्रीसहित सात जनाको ज्यान गयो

क्यानडामा निजी विमान दुर्घटनामा पूर्वमन्त्रीसहित सात जनाको ज्यान गयो

March 30, 2016२३४ पटक

काठमाडौं, चैत १७ । क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
लिस–डे–ला–माडिलिनि विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । विमानमा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहितका उनका परिवारका सदस्यहरु सवार थिए ।
लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए । उनले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण