गृहपृष्ठ » मुख्य समाचार, समचारविराटनगरमा झुन्डिएको अवस्थामा प्रहरीको शव फेला

विराटनगरमा झुन्डिएको अवस्थामा प्रहरीको शव फेला

March 30, 2016८९ पटक

मोरङ, चैत १७ । विराटनगर–१५ स्थित सिआरभी केसलियामा कार्यरत प्रहरी जवान प्रभुकुमार माझी मङ्गलबार झुन्डिएर मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी गण मुकाम रानी दरबन्दी भएका माझी सिआरभीकै ब्यारेकमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
मोरङको लखन्तरी घर भएका माझी बिहान १०ः३० बजे सबै प्रहरी खाना खाएर ड्युटीमा गएपछि चुकुल लगाएर ब्यारेकभित्र पसेका थिए । पछि खोजी गर्दा ब्यारेक भित्रको पङ्खाको सिलिङमा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
उनको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण