गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यसरसफाइ अनुगमनमा हिडेका टोली इलामको चिया बारिमा

सरसफाइ अनुगमनमा हिडेका टोली इलामको चिया बारिमा

August 10, 2015४२७ पटक

रोल्पा- २५ साउन, जिल्ला विकास समिति ४ दिने भ्रमणमा निष्केको छ । अघिल्लो आर्थिक बर्षमा गरिसक्नु पर्ने काम अर्को आर्थिक बर्षमा गरेको हो । बिकासे संस्था र उपभोक्ताहरुलाई आर्थिक बर्षभित्रै बजेट तथा कार्यक्रम गरिसक्नुपर्छ भनेर उर्दी जारी गर्ने जिबिस रोल्पाले भने आफैले त्यसको उल्लंघन गरेको देखिएको छ । सर्बसाधारण र स्थानीय उपभोक्तालाई शुसासन र प्रक्रियामा ल्याउने जिल्ला बिकास समितिले आफै भने उदांगो रुपमा त्यो सबैको बेवास्ता गरि नीतिगत र कार्यगत अनयिमिता गरेको छ । निर्देशिका अनुसार कार्यसम्पादन गर्नु पर्छ भन्दै उर्दि गर्ने जिविस आफै त्यसको उलङगन गरेको छ । आर्थिक बर्ष २०७१।७२ भित्रै गर्नुपर्ने कार्यक्रम भ्याइएन भन्दै प्रक्रिया बिपरित गएको हो । त्यो पनि पुर्ण सरसफाईको नामा इलमाको चिया बारी भ्रमणका लागि । पश्चिम ग्रामिण खानेपानी आयोजनाको पैसामा जिल्ला बिकास समितिले जिल्लाका सिमिति ब्यक्तिहरुलाई लिएर इलाम भ्रमण निस्किएको छ । जिल्ला बिकास समितिको आयोजनामा पूर्ण सरसफाईका लागि अध्ययन अवलोकन भ्रमण भन्दै टोली इलाम तिरको भ्रमण निस्किएको हो । आयोजनाले आर्थिक बर्ष २०७१।७२ भित्रै जिल्लाका बिभिन्न ब्यक्तिहरुलाई अवलोकन भ्रमणमा लैजाने भनेर दिएको बजेटबाट उक्त आर्थिक बर्षभित्र नभ्याएपछि जिल्लाका राजनैतिकदल, गैसस महासंघ, केहि सचिब र केहि पत्रकार लगायतका सिमित ब्यक्तिलाई लिएर इलामतर्फ हिँडेको छ । आर्थिक बर्ष २०७१।७२ मा ३८ करोड बढी रकम फिर्ता गरेको जिबिस रोल्पाले ४ लाख बजेट भने छोड्न नसकेर नीति मिचेरै भए पनि भ्रमण कार्यक्रम मिलाएको छ । भ्रमणको लागि भन्दै अधिकांश कमचारी निस्के पछि कार्यालयको काम समेत प्रभावित बनेको छ । स्थानिय बिकास अधिकारी गेहेन्द्र बहादुर डागी पनि लामो समयका लागि श्रीलंका भ्रमणमा निष्के पछि विकासे काम समेत प्रभावित बनेको छ । निमित्त सम्माहाल्ने योजना अधिकृत, लेखा अधिकृत पनि कार्यालयमा नहुदा जिबिस खालि प्राय भएको छ । नियमानुसार आर्थिक बर्ष भित्र कार्य सम्पादन गरि सक्नु पर्ने भएपनि त्यसो हुन नसकेको सुचना अधिकृत रामकुमार न्यौपाने बताउछन् । सामन्यतया आर्थिक बर्षभित्र नै बजेटअनुसारको सबै कार्यक्रम गरिसक्नुपर्ने उनको भनाई छ । तर बैशाख महिनामै पेश्कि लिइसकेकाले अहिलेको भ्रमण कार्यक्रम भएको न्यौपानेले तर्क गरे । यता स्थानीयहरु पनि आचार्यचकित भएका छन् । अनुशासनको कुरा शिकाउने जिविस नै अनुशासन हिन हुदा अरुले के सिक्ने स्थानिय तेजराज भण्डारी बताउछन् । कार्यसम्पादन भइसकेपछि पनि यस्तो गर्नु सरासर गलत भएको भण्डारीको भनाई छ । त्यस्तै सरसफाई भ्रमणको नाममा गैर ब्यक्ति लगेको भन्दै आलोचना समेत भएको छ । भ्रमणमा केहि गाबिस सचिबहरु असन्तुष्ट बनेका छन् । ४५ जनाको ४ दिने भ्रमणमा १० जनामात्र सचिबहरु परेको भन्दै केहि सचिबहरुले अन्तुष्टी पोखेका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण