गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यएसएलसी परीक्षा आजबाट सुरु, ८२ वर्षे इतिहासमा ग्रेडिङ पद्धति लागू

एसएलसी परीक्षा आजबाट सुरु, ८२ वर्षे इतिहासमा ग्रेडिङ पद्धति लागू

March 31, 2016१७५ पटक

काठमाडौं, चैत १८ । यस वर्षको एसएलसी परीक्षा आजबाट सुरु भएको छ । विहिबार विहान ८ बजेदेखि सुरु भएको परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षा सहभागी छन् ।
यस पटक साधारण विषयमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ परीक्षार्थी छन् । नियमिततर्फ २ लाख २५ हजार २ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् ।
प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ र सबैभन्दा कम मनाङबाट ६३ जना सहभागी हुँदैछन् ।
एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।
एसएलसीका लागि देशभर १ हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएका छन् । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी, सुरक्षाकर्मी गरी ७२ हजारभन्दा बढीको जनशक्ति खटाइएको छ ।
यसैबीच परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई मर्यादित बनाउन विद्यार्थी, अभिभावक, नागरिक समाजलगायतलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण