गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यपोखराबाट जर्मन नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ

पोखराबाट जर्मन नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ

March 31, 2016३४९ पटक

पोखरा, चैत १८ । बाल यौन दुराचारको आरोपमा एक जर्मन नागरिकलाई पोखराको लेकसाइडस्थित एउटा होटलबाट प्रहरीले पक्राउ गरेको छ ।
विगत केही महिनादेखि सो होटलमा बस्दै आएका जर्मन नागरिक कर्निलियस स्किलिङ भोन कन्सट्याटले विभिन्न प्रलोभनमा पारी बालकलाई यौन दुराचार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा कारबाही थालेर होटलबाटै पीडित बालकको उद्धार गरी अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अभियुक्तले नेपालमा आई विभिन्न ठाउँमा बालकलाई प्रलोभनमा पारी अनैतिक क्रियाकलापमा संलग्न गराउँदै आएको प्रहरीको भनाइ छ । बाल यौन दुराचार गरेको अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ । (रासस)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण