चिट खोसेको भन्दै ढुंगा हान्दा प्रहरी जवानको दाँत झर्यो
जाजरकोट, चैत १८ – एसएलसी परीक्षामा चेक गरेको भन्दै जाजरकोटको पैंक परीक्षा केन्द्रमा स्थानीय बासिन्दाले ढुंगा हान्दा एक प्रहरी घाइते भएका छन् ।
अंग्रजी विषयको परीक्षामा जनता उच्च मावि पैंक केन्द्रमा प्रवेश गर्दा विद्यार्थीलाई चेकजाँच गरेर चिट खोसेको भन्दै स्थानीय बासिन्दाको ढुंगा प्रहारबाट प्रहरी जवान अमर नेपालीको दाँत झेरेको जिल्ला प्रहरी प्रमुख दानवहादुर मल्लले बताउनुभयो । नेपालीको पैंक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।