गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यएसएलसी दिन नपाउँदा आत्महत्या

एसएलसी दिन नपाउँदा आत्महत्या

April 1, 2016१५८ पटक

अछाम, चैत १९ । प्रवेशिका परीक्षा ९एसएलसी० दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् ।
जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् । परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन् ।
आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताए ।
केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ ।
उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए । मृतकको शव जिल्ला अस्पताल अछाममा परीक्षण गरिएको छ । (रासस)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण