गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारनयाँ नेतृत्व चयनका लागि बार एसोसिएसनको निर्वाचन आज

नयाँ नेतृत्व चयनका लागि बार एसोसिएसनको निर्वाचन आज

April 2, 2016१३९ पटक

काठमाडौं चैत २० = नयाँ नेतृत्व चयनका लागि नेपाल बार एसोसिएसनको निर्वाचन आज हुँदैछ । निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रगतिUjyaalolalteenशील समूहको नेतृत्व विजयकान्त मैनाली र लोकतान्त्रिक समूहको नेतृत्व शेरबहादुर केसीले गर्दै हुनुहुन्छ । दुवै समूहले छुट्टाछुट्टै प्रतिबद्धता सार्वजनिकगर्दै जित्ने दावी गरेका छन् । बारको नयाँ कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा मैनाली, उपाध्यक्षमा पूर्वाञ्चलबाट टङ्क उप्रेती, मध्यमाञ्चल (उपत्यका बाहिर) बाट रामसहाय राय यादव र रमेश बडाल (उपत्यका),पश्चिमाञ्चलबाट गुमानसिंह अर्याल, मध्यपश्चिमाञ्चलबाट शालिकराम सापकोटा र सुदूरपश्चिमाञ्चलबाट कलानन्द उपाध्याय तथा महिलामा उषा मल्ल पाठक रहनुभएको छ । महासचिवमा दीनमणि पोखरेल र कोषाध्यक्षमा हरिबहादुर खड्का उम्मेदवार हुनुहुन्छ । लोकतान्त्रिक समूहका अध्यक्षमा केसी, पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का, मध्यमाञ्चल उपाध्यक्षमा विनय सिंह,काठमाडौँ उपत्यका उपाध्यक्षमा मोतीराज गौतम,पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त, मध्यपश्चिमाञ्चलमा रेवतीरमण भट्टराई, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा गङ्गाराम पाध्य र महिला उपाध्यक्षमा शान्ता सेढाईँ सापकोटाले उम्मेदवारी दिनुभएको छ । महासचिवमा खम्मबहादुर खाती र कोषाध्यक्षका लागि ज्ञानरत्न शाक्यले उम्मेदवारी दिनु भएको छ । बारको नयाँ कार्यसमितिको निर्वाचनमा लागि देशभर ३३ निर्वाचन केन्द्र तोकिएको छ । पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ । मुलुकभर बारका नौ हजार ५ सय २२ मतदाता छन् । बिहान ८ बजेपछि मतदान सुरु भएर दिउँसो ४ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण