पुनर्निर्माणमा भएको ढिलाइको बारे काँग्रेसका भ्रातृ संस्थाले ज्ञापनपत्र बुझाउने !!
काठमाडौं चैत २० = भूकम्पपछिको पुनर्निर्माणमा भएको ढिलाइ र कालोबजारी नियन्त्रणको मागगर्दै नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । पुनर्निर्माण ढिलाइ हुँदा भूकम्प प्रभावितको दैनिकी कष्टकर भएकोभन्दै काँग्रेसका सबै भ्रातृ संस्थाले ज्ञापनपत्र बुझाउन लागेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार ज्ञापनपत्र बुझाउने समय भने अझैं तय भइसकेको छैन ।