गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, साहित्यकुमाल समुदायको संग्रहालय निर्माण हुने

कुमाल समुदायको संग्रहालय निर्माण हुने

April 2, 2016२७५ पटक

स्याङ्जा चैत २० Image result for कुमाल स्याङ्जा= स्याङ्जाको चापाकोट ४ रत्नपुरमा कुमाल समुदायको संग्राहालय निर्माण हुने भएको छ । कुमाल एकता समाजले निर्माण गर्न लागेको संग्रहालयमा कुमाल समुदायका लोपोन्मुख अवस्थामा रहेका माटोको भाँडाहरु, कुमाल समुदायले प्रयोग गर्ने भेषभुषा, रीतिरिवाज झल्कने सामग्रीहरु राखिने बताईएको छ । कुमाल एकता समाज चापाकोटका सचिव तोलाराम कुमालले लोपोन्मुख अवस्थामा रहेका भाँडाहरु, भेषभूषाहरुको संरक्षण र जगेर्नाका लागि संग्रहालयको निर्माण थालिएको बताउनुभयो । झण्डै २० लाख रुपैँयाको लागत अनुमान गरिएको संग्राहालय तीन तलाको हुने उहाँको भनाइ छ । निर्माण कार्यका लागि कुमाल सामुदायिक संस्थाबाट एकलाख र चापाकोट नगरपालिकाबाट नब्बे हजार रुपैयाँ आर्थिक सहयोग भएको छ भने अरु विभिन्न संघ संस्थाबाट संकलन गरिने बताईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण