राप्रपाका पूर्व महामन्त्री तथा प्रवक्ता खापुङद्धारा पार्टी परित्याग
तेह्रथुम चैत २० = पूर्व मन्त्री तथा राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य परशुराम खापुङले पार्टी परित्याग गर्नुभएको छ । राप्रपाका पूर्व महामन्त्री तथा प्रवक्ता समेत रहनुभएका खापुङले पार्टी भित्र लोकतान्त्रिक विधि र संस्कार हराउँदै गएको भन्दै पार्टी परित्याग गरेको जानकारी दिनुभयो । २५ वर्ष काम गरेर महामन्त्री प्रवक्ता तथा प्रशिक्षण विभागको प्रमुखका रुपमा जिम्मेवारी पूरा गरे पनि पार्टी झनै अलोकतान्त्रिक र गैरजिम्मेवार तरिकाले अघि बढ्न थालेकाले अब पार्टीमै बस्नु उचित नहुने आफूले निष्कर्ष निकालेको उहाँको भनाइ छ । बाणिज्य तथा आपूर्ति मन्त्री समेत भइसक्नु भएका खापुङ २०४३ सालमा तेह्रथुमबाट जनपक्षीय उम्मेदवारका रुपमा चुनाव जित्नुभएको थियो ।