गृहपृष्ठ » खेलकुद, मुख्य समाचारटी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज, इङ्गल्याण्ड र वेष्ट इन्डिज भिड्दै

टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज, इङ्गल्याण्ड र वेष्ट इन्डिज भिड्दै

April 3, 2016१३१ पटक

काठमाडौं चैत २१ = भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । कोलकाताको ईडन गार्डन रंगशालामा हुने खेलमा इङ्गल्याण्ड र वेष्ट इन्डिज उपाधिका लागि भिड्नेछन् । नेपाली समय अनुसार वेलुकी सवा ७ वजे हुने खेलका लागि दुबै टोली तयार छन् । इङ्गल्याण्ड आज हारको बदला लिने दाउमा छ भने वेष्ट इन्डिज पुरानै सफलता दोहो¥याउने अभियानमा छ । इङ्गल्याण्ड र वेष्ट इन्डिजले एक एक पटक विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितिसकेका छन् । आजको खेल जित्ने टोलीले दोस्रो पटक ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि जित्ने कीर्तिमान बनाउनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण