गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारनेपाली जन प्रगतिशील मलेसियाको मासिक तथा नियमित बैठक सम्पन्न

नेपाली जन प्रगतिशील मलेसियाको मासिक तथा नियमित बैठक सम्पन्न

April 5, 2016१७९ पटक

अर्पण मगर बुद्ध “, क्वलालाम्पुर चैत २४ बिगत २००२ देखि मलेसियामा रहेका नेपाली श्रमिकका हित र अधिकार का लागि लड्दै र मजदुर का समस्या लाई समाधान गर्दै आएको एकीकृत नेकपा माओवादी पार्टी सम्बन्ध जन बर्गीय संगठन नेपाली जन प्रगतिशील मञ्च मलेसियाको नियमित बैठक सम्पन्न भएको छ।मञ्चका केन्द्रीय अध्यक्ष प्रेम पाण्डे को अध्यक्षता र पार्टी प्रवास जिल्ला सचिव क. कृष्णप्रसाद नेपाल को प्रमुख आतिथ्य मा सम्पन्न भएको उक्त बैठकमा क्षेत्रीय ईकाई कमिटी जोहोर र मुहार का कार्यसमिति सदस्यहरूको उपस्थित रहेको थियो । अप्रिल ३तारीख का दिन बसेको उक्त बैठकले आगामी महिना मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली राजदुतावास मलेसिया र मलेसियामा कार्यरत नेपाली श्रमिकको बिच प्रतक्क्ष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। साथैमलेसियामा हुने लामो सार्वजनिक बिदा हरिराय (बकर ईद) को अवसर मा पनि पार्टी केन्द्र बाट अध्यक्ष वा सो सरह का बरिस्ठ राजनीतिज्ञ लाई मलेसियामा ल्याउने र राजनीति प्रशिक्षण दिने भएको छ।मलेसिया भित्र रहेका उक्त मञ्च का सबै क्षेत्रीय र ईकाई कमिटी का कार्यकारी समिति हरुको उपस्थित भएको सो बैठकले मञ्चको केन्द्रीय सल्लाहकार समिति मा तीन जनालाई सर्वसहमत चयन गरेकोछ।यसरी केन्द्रीय सल्लाहकार समिति मा चयन हुनुहुने हरुमा क्रमश सुन्दर डल्लाकोटी , मुस्कान जाजारकोटी र कविराज कार्की रहेका छन्।मासिक रुपमा बस्दै आएको उक्त मञ्च को आगामी बैठकले सचिवालय समिति पुर्णगठन गर्ने मञ्चका केन्द्रीय महासचिव दिप लिम्बूले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण