घरेलु दासका रुपमा बेचिए भूकम्पपीडित बालबालिका
मंगलबार, चैत्र २३, २०७२
भूकम्पपीडित नेपालका बालबालिकालाई बेलायत पुर्याएर घरेलु दासका रुपमा बेच्ने गरिएको खुलासा भएको छ ।बेलायतबाट प्रकाशित हुने द सन पत्रिकाले गोप्य रुपमा गरेको खोजमुलक अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो ।यस्तो तथ्य बाहिर आएपछि बेलायतकी गृहमन्त्री थेरेसा मेले नेपाली र भारतीइ बालबच्चा गैरकानुनी रुपमा बेचिने गरिको दाबी बारे छानबिन गर्न त्यहाँको प्रहरीलाई निर्देशन दिएको गार्जियन अनलाइनले जनाएको छ ।
द सनका अनुसार नेपाल र भारतका १० वर्षभन्दा कलिला बच्चा भारतको पन्जाब प्रान्तस्थित जालन्धरबाट सञ्चालित गिरोहले प्रतिवच्चा ५३ सय पाउण्ड स्टर्लिङमा बेच्ने गरेका छन् ।पत्रिकाका अनुसार बेलायती धनाढ्य घरानाले बच्चाहरुलाई बिनापैसा नोकर बनाउने गरेका छन् ।आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।